थेक्छेन पेमा छोलिङ गुम्बाले २०८१ चैत्र १० गते तदनुसार २०२५ अप्रिल २८ तारिख सागा दावा तथा सम्यक सम्बुद्ध शाक्यमुनी गौतम बुद्धको २५६९ औं बुद्ध जयन्तीको अवसरमा पहिलो थेक्छेन पेमा छोलिङ सागा-दावा म्याराथोन २०२५ आयोजना गर्ने निर्णय गरेको छ।
“Monasteries for Community Health” को अबधारणामा रहेर गुम्बाहरु पनि सामुदायिक स्वास्थ्यमा ठुलो भूमिका निर्बाह गर्न सक्छ भन्ने सोचका साथ, सोलुदुधकुन्ड नगरपालिकाका बासिन्दाहरुको स्वास्थ्यको प्रबर्द्दनका साथ्-साथै गुम्बाले गर्न लागेका कामहरुमा सबै क्षेत्रका मानिसहरुको सहभागिता बढाउने उद्देस्यले यो कार्यक्रम आयोजना गरिने भएको हो।
यस म्याराथोन कार्यक्रममा अन्तरराष्ट्रिय सहभागिता पनि उच्च राख्दै हाम्रो सोलुदुधकुन्डलाई र साथमा सोलुदुधकुन्डको केन्द्रमा स्थापित यस् थेक्छेन पेमा छोलिङ गुम्बाको समेत् प्रचार गर्ने उद्देस्य पनि राखिएको छ। यो म्याराथोन गुम्बाद्वारा आयोजना गरिने सम्भबत पहिलो म्याराथोन हुनेछ र गुम्बाबाट गुम्बा सम्म दौडदै गर्दा धावन मार्गमा पर्ने बिभिन्न गुम्बा तथा चैत्य हरु लगायतका धार्मिक सम्पदाहरुको पनि प्रबर्द्दन हुने आशा गरिएको छ।
पहिलो Sponsor सागा-दावा म्याराथोन २०२५ (Monastery to Monastary Run)
The First Sponsor Saga Dawa Marathon 2025 (Monastery to Monastary Run)
यस् कार्यक्रमलाई सफल बनाउन बिभिन्न स्पोन्सरहरु, स्थानिय क्लब, खेल्कुद प्रेमी ब्यक्तिहरु लगायत स्थानिय बासिन्दाहरु सबैको सकृय सहयोगको आवश्यकता हुने भएकोले सबैलाई यस कार्यक्रमलाई सफल बनाउन गुम्बासंग हातेमालो गरिदिनुहुन हार्दिक आह्वान पनि गरिन्छ।
– गुम्बा ब्यबस्थापन समिती, थेक्छेन पेमा छोलिङ गुम्बा, सोलुदुधकुन्ड-५ सल्लेरी