हाम्रो गुम्बाका आदरणीय सल्लाहकार लुम्बिनी बिकास कोषका पूर्व सदस्य सचिव, सोलुखुम्बु जन जागृति माध्यामिक विद्यालयका पूर्व प्रधानाध्यापक आङ दावा शेर्पा तथा पासाङ दिकी शेर्पा दम्पत्तीबाट गुम्बाले गर्दै गरेको माने पुनर्स्थापनाको पवित्र काममा हातेमालो गर्ने इच्छा राख्नुहुदै ब्यबस्थापन समितिलाई रु ५०,००० (पचास हजार रुपैया) सहयोग स्वरुप उपलव्ध गराउनुभयो।
माने पुनर्स्थापनाले यहॅाको परिवारका साथै यस गुम्बा परिक्रमा गर्ने सम्पूर्ण भक्तजनमा अपार पुण्य सन्चय हुने दृढ विश्वास सहित ब्यबस्थापन समिति हार्दिक धन्यबाद चढाउदछ । साथै गुम्बा सन्चालन तथा बिकासका लागि यहॅाले दिनुभएको महत्वपूर्ण सुझाव-सल्लाह हाम्रो गुम्बाको लागि अत्यन्तै उपयोगी हुनेछन्ः हार्दिक धन्यबाद छ ।