श्री रिन्जी शेर्पाज्यू तथा श्री मिङमार शेर्पाज्यू
श्री पाल्देन शेर्पाज्यू तथा श्री फर्वा डोमा शेर्पाज्यू
श्री कामी दोजी शेर्पाज्यू तथा श्री ङिमा ल्हमु शेर्पाज्यू
सहयाेगी दाताहरू
सहयाेगी दाताहरू
श्री आङ माया लमिनी ह्योल्मोज्यू
आङ कर्मा शेर्पाज्यू तथा ल्हाक्पा शेर्पाज्यू
श्री आङ दावा शेर्पाज्यू तथा श्री पासाङ दिकी शेर्पाज्यू
मिङमार नोर्बु शेर्पा
आङ फूटी शेर्पा (नाम्चे)
कामी रिन्जी शेर्पा दम्पत्ती
छिरिङ ल्हामु शेर्पा
पसी लामा
नोर्बु ठिले शेर्पा दम्पत्ती
छोतेन नोर्केल दम्पत्ती
सोनाम जाङ्बु शेर्पा दम्पत्ती
श्री ङिमा नोर्बु लामा दम्पत्ती
फुला शेर्पा दम्पत्ती
सोलुदुधकुण्ड नगरपालिका सल्लेरी घर भई हाल बेल्जियम लुवेन निवासी श्री फुला शेर्पा दम्पत्तीको तर्फबाट गोन्पामा निर्माणाधिन मूल प्रवेशद्वारको लागि रु २३,००१ (तेइस हजार एक रुपैया) सहयोग प्राप्त भयो। यहॅाहरुमा अपार पुण्य सन्चय होस भनी शुभकामना ब्यक्त गर्दै धन्यबाद ज्ञापन गर्दछौं।
श्री दावा फिन्जो शेर्पा तथा आङ टाशी लामा दम्पत्ती
सोलुदुधकुण्ड नगरपालिका सल्लेरी घर भई हाल बेल्जियम लुवेन निवासी श्री दावा फिन्जो शेर्पा तथा आङ टाशी लामा दम्पत्तीको तर्फबाट गोन्पामा निर्माणाधिन मूल प्रवेशद्वारको लागि रु ३५,००० (पैतिस हजार रुपैया) सहयोग प्राप्त भयो। यहॅाहरुमा अपार पुण्य सन्चय होस भनी शुभकामना ब्यक्त गर्दै धन्यबाद ज्ञापन गर्दछौं।
“बोधीको प्रवेशद्वार” को लागि दान गर्नुहोस,
Donate for the “Gate to Enlightenment”
लाक्पा लामा तथा देचेन लामाज्यूको परिवार
लाक्पा लामा (D J. Michael Lama ) बाट गोन्पालाई थप रु ३३,४०५ सहयोग दान |
हाल न्यूयोर्क-अमेरिका निवासी सोलुदुधकुण्ड नयाबजारका लाक्पा लामा तथा देचेन लामाज्यूको परिवारबाट गोन्पाको ढुंगा दान अभियानमा हातेमालो गर्दै गोन्पालाई थप रु ३३,४०५ सहयोग उपलब्ध गराउनुभयो।
यहॅाको परिवारमा पुनः हार्दिक धन्यबाद ! यहॅाहरुमा अपार पुण्य संचय होस भनी कामना गर्दछौं ।
तेण्डी शेर्पा तथा आङ ङिलु शेर्पा परिवार
श्री तेण्डी शेर्पा तथा आङ ङिलु शेर्पा परिवारबाट रु १००,५०५ सहयोग |
हाल अमेरिका न्युयोर्कमा बसोबास गर्नुहुने सोलुदुधकुण्ड नगरपालिका थातेङ्का श्री तेण्डी शेर्पा तथा आङ ङिलु परिवारले हाम्रो गोन्पाको अभियानमा हातेमालो गर्नुहुदै रु १००,५०५ (एक लाख ५ सय् ५ रुपैया) ढुंगादान गर्नुभयो।
यहॅाको परिवारमा अपार पुण्य संचय होस भनी प्रार्थना गर्दछौं ।
जाङबु शेर्पा
सोलुदुधकुण्ड नपा ३ तामाखानी माटुड॰ घर भई सोलुदुधकुण्ड ४ फाप्लु बस्नुहुने निर्माण ब्यबसायी जाङबु शेर्पाज्यूबाट सल्लेरी थेक्चेन पेमा छोलिड॰ गुम्बामा माने पुनर्स्थापनार्थ रु ५०,५०० (पचास हजार पॅाच सय रुपैयॅा) सहयोग प्रदान गर्नुभयो ।
माने पुनर्स्थापनाले यहॅाको परिवारका साथै यस गुम्बा परिक्रमा गर्ने सम्पूर्ण भक्तजनमा अपार पुण्य सन्चय हुने दृढ विश्वास सहित ब्यबस्थापन समिति हार्दिक धन्यबाद चढाउदछ ।
डा. सोनम डोल्मा लामा
गु्म्बाको निर्माणाधिन माने पुनर्स्थापनाको काममा प्रयोग गर्न भनी बौद्ध पिपलबोट निवासी डा. सोनम डोल्मा लामाद्वारा बाजे पासाङ काजी शेर्पा (केरुड॰)को स्मृतिमा गुम्बालाई रु २५,००० सहयोग गर्नुभयो।
यहॅाको धर्मदानले यहॅा आफु त अवस्य अरु धेरै भक्तजनहरुलाई पनि अपार पुण्य प्राप्त हुनेछ भन्ने विश्वासका साथ हार्दिक कृतज्ञता चढाउदछौं ।
ठे. ल्हाक्पा शेर्पा दम्पत्ती
सोलुदुधकुण्ड सल्लेरी हाल मण्डिकाटार बस्नुहुने समाजसेवी ठे. ल्हाक्पा शेर्पाले हाम्रो गुम्बालाई अनबरत सहयोग गर्दै आउनुभएको छ। अब चॅाडै पुनर्निर्माण हुन लागेको गुम्बाको अहिले भएको गेट पनि वहॅा कै सहयोगमा निर्माण भएको थियो ।
अहिले भइरहेका बिभिन्न निर्माण कार्यको लागि सहयोग भन्दै वहॅाको दम्पत्तीबाट रु ५०,००० (पचास हजार रुपैया) प्राप्त भएको छ। गुम्बा परिक्रमा गर्दै घुमाइने मानेको पुनर्स्थापनाको काममा प्रयोग गरिनेछ। वहॅा दम्पत्तीको पुण्यवान कामको लागि ब्यबस्थापन समिति हार्दिक धन्यबाद ज्ञापन गर्दछ।
आङ दावा शेर्पा तथा पासाङ दिकी शेर्पा दम्पत्ती
हाम्रो गुम्बाका आदरणीय सल्लाहकार लुम्बिनी बिकास कोषका पूर्व सदस्य सचिव, सोलुखुम्बु जन जागृति माध्यामिक विद्यालयका पूर्व प्रधानाध्यापक आङ दावा शेर्पा तथा पासाङ दिकी शेर्पा दम्पत्तीबाट गुम्बाले गर्दै गरेको माने पुनर्स्थापनाको पवित्र काममा हातेमालो गर्ने इच्छा राख्नुहुदै ब्यबस्थापन समितिलाई रु ५०,००० (पचास हजार रुपैया) सहयोग स्वरुप उपलव्ध गराउनुभयो।
माने पुनर्स्थापनाले यहॅाको परिवारका साथै यस गुम्बा परिक्रमा गर्ने सम्पूर्ण भक्तजनमा अपार पुण्य सन्चय हुने दृढ विश्वास सहित ब्यबस्थापन समिति हार्दिक धन्यबाद चढाउदछ । साथै गुम्बा सन्चालन तथा बिकासका लागि यहॅाले दिनुभएको महत्वपूर्ण सुझाव-सल्लाह हाम्रो गुम्बाको लागि अत्यन्तै उपयोगी हुनेछन्ः हार्दिक धन्यबाद छ ।
पेम्बा गेले (काइला लामा)शेर्पा तथा क्याथरिन शेर्पा
पेम्बा गेले (काइला लामा)शेर्पा तथा क्याथरिन शेर्पा दम्पत्तीबाट गुम्बालाई रु १००,००० सहयोग सोलु दुधकुण्ड केरुड॰ हाल फ्रान्स निवासी पेम्बा गेले (काइला लामा)शेर्पाज्यू तथा क्याथरिन शेर्पा दम्पत्तीबाट हाम्रो गुम्बाको माने-पुनर्निर्माण गर्ने काममा खर्च गर्नू भनी, मानेका दाता वहॅाका पिताज्यू स्वर्गीय पासाङ काजी शेर्पाको स्मृतिमा ब्यबस्थापन समितिलाई रु १००,००० (एक लाख रुपैयॅा) सहयोग गर्नुभयो। माने पुनर्स्थापनाले यहॅाको परिवारका साथै यस गुम्बा परिक्रमा गर्ने सम्पूर्ण भक्तजनमा अपार पुण्य सन्चय हुने दृढ विश्वास सहित ब्यबस्थापन समिति हार्दिक धन्यबाद चढाउदछ ।
ए.जी. शेर्पा- आङ पेमा शेर्पा दम्पति
यस गुम्बाका आदरणीय सल्लाहकार काठमाडौ बुढानिलकण्ठ निवासी श्री ए.जी. शेर्पाज्यू तथा आङ पेमा शेर्पाज्यू दम्पत्तीको तर्फबाट गुम्बाको माने पुनर्स्थापनाको लागि स्वर्गीय पिताज्यू पासाङ काजी शेर्पाको स्मृतिमा रु १००,००० ( एक लाख रुपैयॅा) सहयोग स्वरुप पठाउनुभएको छ ।
माने पुनर्स्थापनाले यहॅाको परिवार लगायत अन्य धेरैमा अपार पुण्य सन्चय हुने दृढ विश्वास सहित ब्यबस्थापन समिति हार्दिक धन्यबाद चढाउदछौं।
आङ दामी शेर्पाज्यू तथा श्रीमति आङ छोटी शेर्पा
हाम्रो गुम्बाका आदरणीय सल्लाहकार तथा ब्यबस्थापन समितिका निर्बर्तमान सचिब आङ दामी शेर्पाज्यू तथा श्रीमति आङ छोटी शेर्पा परिवारबाट गुम्बाको चौतर्फी बिकासमा योगदान दिइरहनुभएको छ। अहिले पनि गुम्बामा परिक्रमा गर्दा घुमाउने माने पुनर्स्थापनाको काममा प्रयोग गर्नू भनी वहॅाहरुबाट रु १००,००० (एक लाख रुपैंया) पिताज्यू पासाङ काजी शेर्पा (भू.पु. प्रधानपन्च सोलु केरुङ ) को स्मृतिमा सहयोग स्वरुप प्रदान गर्नुभएको छ। गुम्बा ब्यबस्थापन समितिको तर्फबाट यहॅा र परिवारमा यस दानबाट अपार पुण्य प्राप्त हुनेछ भन्ने दृढ विश्वासका साथ हार्दिक धन्यबाद ज्ञापन गर्न चाहन्छौं ।
फुर्वा शेर्पा
गुम्बामा तोर्मा (नैबेद्य) बनाउन र बनाइएका तोर्मालाई मुसा आदिबाट सुरक्षित राख्नको लागि आवश्यक पर्ने टेबलको लागि हाम्रै गुम्बाका प्रमुख लामा फुर्वा शेर्पाले आफ्नो स्वर्गीय पिताज्यूको नाममा गुम्बालाई रु १०,००० (दश हजार रुपैयॅा) दान गर्नुभएको छ। वहॅाको पिताज्यूको सुखावती भुवनमा पुनर्जन्म होस भनी प्रार्थना गर्दछौं।
दानपुण्यको लागि बटन क्लिक गर्नुहोस्



