Phula Sherpa

फुला शेर्पा दम्पत्ती

सोलुदुधकुण्ड नगरपालिका सल्लेरी घर भई हाल बेल्जियम लुवेन निवासी श्री फुला शेर्पा दम्पत्तीको तर्फबाट गोन्पामा निर्माणाधिन मूल प्रवेशद्वारको लागि रु २३,००१ (तेइस हजार एक रुपैया) सहयोग प्राप्त भयो। यहॅाहरुमा अपार पुण्य सन्चय होस भनी शुभकामना ब्यक्त गर्दै धन्यबाद ज्ञापन गर्दछौं।

श्री दावा फिन्जो शेर्पा तथा आङ टाशी लामा दम्पत्ती

सोलुदुधकुण्ड नगरपालिका सल्लेरी घर भई हाल बेल्जियम लुवेन निवासी श्री दावा फिन्जो शेर्पा तथा आङ टाशी लामा दम्पत्तीको तर्फबाट गोन्पामा निर्माणाधिन मूल प्रवेशद्वारको लागि रु ३५,००० (पैतिस हजार रुपैया) सहयोग प्राप्त भयो। यहॅाहरुमा अपार पुण्य सन्चय होस भनी शुभकामना ब्यक्त गर्दै धन्यबाद ज्ञापन गर्दछौं।
“बोधीको प्रवेशद्वार” को लागि दान गर्नुहोस,
Donate for the “Gate to Enlightenment”

लाक्पा लामा तथा देचेन लामाज्यूको परिवार

लाक्पा लामा (D J. Michael Lama ) बाट गोन्पालाई थप रु ३३,४०५ सहयोग दान |

हाल न्यूयोर्क-अमेरिका निवासी सोलुदुधकुण्ड नयाबजारका लाक्पा लामा तथा देचेन लामाज्यूको परिवारबाट गोन्पाको ढुंगा दान अभियानमा हातेमालो गर्दै गोन्पालाई थप रु ३३,४०५ सहयोग उपलब्ध गराउनुभयो।

यहॅाको परिवारमा पुनः हार्दिक धन्यबाद ! यहॅाहरुमा अपार पुण्य संचय होस भनी कामना गर्दछौं ।

तेण्डी शेर्पा तथा आङ ङिलु शेर्पा परिवार

श्री तेण्डी शेर्पा तथा आङ ङिलु शेर्पा परिवारबाट रु १००,५०५ सहयोग |

हाल अमेरिका न्युयोर्कमा बसोबास गर्नुहुने सोलुदुधकुण्ड नगरपालिका थातेङ्का श्री तेण्डी शेर्पा तथा आङ ङिलु परिवारले हाम्रो गोन्पाको अभियानमा हातेमालो गर्नुहुदै रु १००,५०५ (एक लाख ५ सय् ५ रुपैया) ढुंगादान गर्नुभयो।

यहॅाको परिवारमा अपार पुण्य संचय होस भनी प्रार्थना गर्दछौं ।

Zhangbu Sherpa

जाङबु शेर्पा

सोलुदुधकुण्ड नपा ३ तामाखानी माटुड॰ घर भई सोलुदुधकुण्ड ४ फाप्लु बस्नुहुने निर्माण ब्यबसायी जाङबु शेर्पाज्यूबाट सल्लेरी थेक्चेन पेमा छोलिड॰ गुम्बामा माने पुनर्स्थापनार्थ रु ५०,५०० (पचास हजार पॅाच सय रुपैयॅा) सहयोग प्रदान गर्नुभयो ।

माने पुनर्स्थापनाले यहॅाको परिवारका साथै यस गुम्बा परिक्रमा गर्ने सम्पूर्ण भक्तजनमा अपार पुण्य सन्चय हुने दृढ विश्वास सहित ब्यबस्थापन समिति हार्दिक धन्यबाद चढाउदछ ।

sonam-dolma-lama

डा. सोनम डोल्मा लामा

गु्म्बाको निर्माणाधिन माने पुनर्स्थापनाको काममा प्रयोग गर्न भनी बौद्ध पिपलबोट निवासी डा. सोनम डोल्मा लामाद्वारा बाजे पासाङ काजी शेर्पा (केरुड॰)को स्मृतिमा गुम्बालाई रु २५,००० सहयोग गर्नुभयो।

यहॅाको धर्मदानले यहॅा आफु त अवस्य अरु धेरै भक्तजनहरुलाई पनि अपार पुण्य प्राप्त हुनेछ भन्ने विश्वासका साथ हार्दिक कृतज्ञता चढाउदछौं ।

Lhakpa Sherpa family

ठे. ल्हाक्पा शेर्पा दम्पत्ती

सोलुदुधकुण्ड सल्लेरी हाल मण्डिकाटार बस्नुहुने समाजसेवी ठे. ल्हाक्पा शेर्पाले हाम्रो गुम्बालाई अनबरत सहयोग गर्दै आउनुभएको छ। अब चॅाडै पुनर्निर्माण हुन लागेको गुम्बाको अहिले भएको गेट पनि वहॅा कै सहयोगमा निर्माण भएको थियो ।

अहिले भइरहेका बिभिन्न निर्माण कार्यको लागि सहयोग भन्दै वहॅाको दम्पत्तीबाट रु ५०,००० (पचास हजार रुपैया) प्राप्त भएको छ। गुम्बा परिक्रमा गर्दै घुमाइने मानेको पुनर्स्थापनाको काममा प्रयोग गरिनेछ। वहॅा दम्पत्तीको पुण्यवान कामको लागि ब्यबस्थापन समिति हार्दिक धन्यबाद ज्ञापन गर्दछ।

ang-dawa-sherpa-and-pasang-diki-sherpa

आङ दावा शेर्पा तथा पासाङ दिकी शेर्पा दम्पत्ती

हाम्रो गुम्बाका आदरणीय सल्लाहकार लुम्बिनी बिकास कोषका पूर्व सदस्य सचिव, सोलुखुम्बु जन जागृति माध्यामिक विद्यालयका पूर्व प्रधानाध्यापक आङ दावा शेर्पा तथा पासाङ दिकी शेर्पा दम्पत्तीबाट गुम्बाले गर्दै गरेको माने पुनर्स्थापनाको पवित्र काममा हातेमालो गर्ने इच्छा राख्नुहुदै ब्यबस्थापन समितिलाई रु ५०,००० (पचास हजार रुपैया) सहयोग स्वरुप उपलव्ध गराउनुभयो।

माने पुनर्स्थापनाले यहॅाको परिवारका साथै यस गुम्बा परिक्रमा गर्ने सम्पूर्ण भक्तजनमा अपार पुण्य सन्चय हुने दृढ विश्वास सहित ब्यबस्थापन समिति हार्दिक धन्यबाद चढाउदछ । साथै गुम्बा सन्चालन तथा बिकासका लागि यहॅाले दिनुभएको महत्वपूर्ण सुझाव-सल्लाह हाम्रो गुम्बाको लागि अत्यन्तै उपयोगी हुनेछन्ः हार्दिक धन्यबाद छ ।

pemba-gale-katherin-sherpa

पेम्बा गेले (काइला लामा)शेर्पा तथा क्याथरिन शेर्पा

पेम्बा गेले (काइला लामा)शेर्पा तथा क्याथरिन शेर्पा दम्पत्तीबाट गुम्बालाई रु १००,००० सहयोग सोलु दुधकुण्ड केरुड॰ हाल फ्रान्स निवासी पेम्बा गेले (काइला लामा)शेर्पाज्यू तथा क्याथरिन शेर्पा दम्पत्तीबाट हाम्रो गुम्बाको माने-पुनर्निर्माण गर्ने काममा खर्च गर्नू भनी, मानेका दाता वहॅाका पिताज्यू स्वर्गीय पासाङ काजी शेर्पाको स्मृतिमा ब्यबस्थापन समितिलाई रु १००,००० (एक लाख रुपैयॅा) सहयोग गर्नुभयो। माने पुनर्स्थापनाले यहॅाको परिवारका साथै यस गुम्बा परिक्रमा गर्ने सम्पूर्ण भक्तजनमा अपार पुण्य सन्चय हुने दृढ विश्वास सहित ब्यबस्थापन समिति हार्दिक धन्यबाद चढाउदछ ।

a-g-sherpa-aang-pema-sherpa-couple

ए.जी. शेर्पा- आङ पेमा शेर्पा दम्पति

यस गुम्बाका आदरणीय सल्लाहकार काठमाडौ बुढानिलकण्ठ निवासी श्री ए.जी. शेर्पाज्यू तथा आङ पेमा शेर्पाज्यू दम्पत्तीको तर्फबाट गुम्बाको माने पुनर्स्थापनाको लागि स्वर्गीय पिताज्यू पासाङ काजी शेर्पाको स्मृतिमा रु १००,००० ( एक लाख रुपैयॅा) सहयोग स्वरुप पठाउनुभएको छ ।

माने पुनर्स्थापनाले यहॅाको परिवार लगायत अन्य धेरैमा अपार पुण्य सन्चय हुने दृढ विश्वास सहित ब्यबस्थापन समिति हार्दिक धन्यबाद चढाउदछौं।

aung-dami-sherpa-and-mrs-aung-chhoti-sherpa

आङ दामी शेर्पाज्यू तथा श्रीमति आङ छोटी शेर्पा

हाम्रो गुम्बाका आदरणीय सल्लाहकार तथा ब्यबस्थापन समितिका निर्बर्तमान सचिब आङ दामी शेर्पाज्यू तथा श्रीमति आङ छोटी शेर्पा परिवारबाट गुम्बाको चौतर्फी बिकासमा योगदान दिइरहनुभएको छ। अहिले पनि गुम्बामा परिक्रमा गर्दा घुमाउने माने पुनर्स्थापनाको काममा प्रयोग गर्नू भनी वहॅाहरुबाट रु १००,००० (एक लाख रुपैंया) पिताज्यू पासाङ काजी शेर्पा (भू.पु. प्रधानपन्च सोलु केरुङ ) को स्मृतिमा सहयोग स्वरुप प्रदान गर्नुभएको छ। गुम्बा ब्यबस्थापन समितिको तर्फबाट यहॅा र परिवारमा यस दानबाट अपार पुण्य प्राप्त हुनेछ भन्ने दृढ विश्वासका साथ हार्दिक धन्यबाद ज्ञापन गर्न चाहन्छौं ।

furwa-sherpa

फुर्वा शेर्पा

गुम्बामा तोर्मा (नैबेद्य) बनाउन र बनाइएका तोर्मालाई मुसा आदिबाट सुरक्षित राख्नको लागि आवश्यक पर्ने टेबलको लागि हाम्रै गुम्बाका प्रमुख लामा फुर्वा शेर्पाले आफ्नो स्वर्गीय पिताज्यूको नाममा गुम्बालाई रु १०,००० (दश हजार रुपैयॅा) दान गर्नुभएको छ। वहॅाको पिताज्यूको सुखावती भुवनमा पुनर्जन्म होस भनी प्रार्थना गर्दछौं।

श्री ल्हाक्पा ग्याल्जेन शेर्पा

हाम्रो गुम्बाको आदरणीय सल्लाहकार सोलुदुध्कुन्ड नगरपालिका वडा नं २ नाजिङ निबासि समाजसेवी श्री ल्हाक्पा ग्याल्जेन शेर्पाज्युले गुम्बा बिद्यालय सन्चालनको लागि सन २०२५ देखि २०२९ सम्म ५ बर्षको लागि बार्षिक रु १००,००० (एक लाख रुपैया)को सहयोग गर्ने प्रतिबद्दता गर्नुभयो । गुम्बाको बिद्यालय सन्चालन गर्न यो सहयोग अति उपयोगि हुने भएको छ । वहांलाइ ब्यबस्थापन समितिको तर्फबाट हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छौं

chiring-wangchu

श्री छिरिङ वाङ्छु शेर्पाज्यु परिवार

सोलुदुधकुण्ड सल्लेरी छुल्यामु लुमुचे घर भई हाल क्यानाडा क्याल्गरि बस्नुहुने यस गुम्बाका सल्लाहकार श्री छिरिङ वाङ्छु शेर्पाज्यु र वहॅाको परिवारबाट गुम्बाको सहयोगार्थ रु १०५,००० ( एक लाख पॅाच हजार रुपैया) दान गर्नुभएको छ । गुम्बाको माने पुनर्स्थापनाको काममा यो रकम प्रयोग हुनेछ र वहॅा लगायत सबै दाताहरुलाई अपार पण्य प्राप्त हुनेछ भन्ने बिश्वास गर्दछौं।

साथै वहॅाले गुम्बाका बिभिन्न संरचना निर्माणमा आवश्यक हुने आर्थिक सहयोग संकलन गर्न सकृय सहयोग गर्नुहुने समेत हामीले अपेक्षा गरेका छौं।

छिरिङ लामा- ल्हाक्पा कान्छी शेर्पा दम्पत्ती

सोलुखुम्बु सोलुदुधकुण्ड गार्मा घर भई हाल अमेरिका न्यूयोर्क निवासी छिरिङ लामा- ल्हाक्पा कान्छी शेर्पा दम्पत्तीले हाम्रो गुम्बाको माने पुनर्स्थापनाको काममा सघाउनको लागि मानेका दाता सोलु केरुड॰का पूर्ब प्रधानपन्च स्वर्गीय बाजे पासाङ काजी शेर्पाको स्मृतिमा रु ५०,००० (पचास हजार रुपैया) उपलब्ध गराउनुभएको छ।

माने पुनर्स्थापनाले यहॅाको परिवारका साथै यस गुम्बा परिक्रमा गर्ने सम्पूर्ण भक्तजनमा अपार पुण्य सन्चय हुने दृढ विश्वास सहित ब्यबस्थापन समिति हार्दिक धन्यबाद चढाउदछ ।

काल्देन बाबु शेर्पा

गुम्बाको वरिपरि माने पुनर्निमाण गर्नको लागि काठमाडौ नयाबस्तीमा बस्नुहुने सोलुदुधकुण्ड नगरपालिका -५ सेर्गाका काल्देन बाबु शेर्पाज्यूबाट रु ५०,९०० (पचास हजार नौ सय रुपैयॅा) सहयोग प्राप्त भयो। वहॅा र परिवारलाई गुम्बाको तर्फबाट हार्दिक धन्यबाद छ

आङ्व ङिमा लामा

श्रीमान श्रीमती आङ्व ङिमा लामा दम्पत्तीबाट रु १,००,००० ढुंगा दान
सोलुदुधकुण्ड नगरपालिका वडा नं. २ जुवबेसी घर भई हाल न्युयोर्क अमेरिका निवासी श्रीमान श्री आङ्व ङिमा लामा तथा ष्री आङ काण्डी लामा दम्पत्तीबाट हाम्रो गोन्पाको ढुंगा दान अभियानमा सहभागी हुदै रु १,००,००० (एक लाख) गोन्पालाई दान गर्नुभएको छ।
पुण्यवान दानको लागि धन्यबाद ।

जाङ्बु शेर्पा तथा जमुना शेर्पा दम्पत्ती

सोलुदुधकुण्ड नगरपालिका वडा नं. ५ सल्लेरी घर भई हाल न्युयोर्क अमेरिका निवासी जाङ्बु शेर्पा तथा जमुना शेर्पा दम्पत्तीबाट हाम्रो गोन्पाको ढुंगा दान अभियानमा सहभीगी हुदै रु १,००,००० (एक लाख) दान गर्नुभएको छ।

पुण्यवान दानको लागि धन्यबाद ।

सपरिवारमा थुचिछे ।

पेम्बा तेन्जिङ शेर्पा तथा याङ्जी शेर्पा दम्पत्ती

Sherpa Foundation कोलराडोका संस्थापक सोलुखुम्बु लुक्ला छेप्लुङ घर भै हाल अ्मेरिका निबासी श्री पेम्बा तेन्जिङ शेर्पा तथा याङ्जी शेर्पा दम्पत्तीको परिवारबाट हाम्रो गोन्पाको ढुङ्गा दान अभियानमा सहभागी हुदै रु १००,००० (एक लाख रुपैया) सहयोग प्रदान गर्नुभयो।

यस पुण्यवान कार्यको लागि गुम्बा ब्यबस्थापन समिति यहॅाको परिवारमा हार्दिक धन्यबाद चढाउदछ।

ललित बहादुर थापा मगर

प्रथम धर्मचक्र प्रवर्तन दिवसको लागि थप रु १५,००० सहयोग |

आउने मंगलबार तदनुसार २०८१ असार २५ गते ( July 9, 2024) यस गुम्बाको आयोजनामा श्रद्धेय टुल्कु पेमा थार्चेन रिम्बोचे(सेर्लो रिम्बोचे)को समुपस्थितिमा हुन लागेको प्रथम धर्म चक्र प्रवर्तन कार्यक्रमको सफलताको कामना गर्दै ब्यबस्थापन समितिका उपाध्यक्ष सल्लेरी निवासी ललित बहादुर थापा मगरज्यूले रु १५,००० दान सहयोग सधन्यबाद उपलब्ध गराउनुभयो।

आदरणीय सल्लाहकार सेराप ल्हाक्पा शेर्पाज्यू तथा श्रीमति आङ कान्डु शेर्पाज्यू परिवार

ढुंगा दान रु ५०,००० सधन्यबाद प्राप्त भयो ।

हाम्रा आदरणीय सल्लाहकार सेराप ल्हाक्पा शेर्पाज्यू तथा श्रीमति आङ कान्डु शेर्पाज्यू परिवारबाट गुम्बा परिसरमा ढुंगा (एम्जेल) बिछ्याउने काममा सहयोग गर्न हाम्रो ढुंगा दान संकलनको अभियानमा रु ५०,००० (पचास हजार रुपैयॅा) दान गरी सहभागी हुनुभयो। पवित्र गुम्बा परिसरलाई सजाउने महत्वपूर्ण काममा सहयोग गर्नुभएकोमा यहॅालाई अपार पुण्य मिलोस भनी दृढ आस्थाका साथ कामना गर्दछौं। थुचिछे

कामी कान्छी शेर्पाज्यूको परिवार

ढुंगा दान रु २५,००० प्राप्त भयो ।

गुम्बाको परिसरमा ढुंगा बिछ्याउनको लागि सोलुदुधकुण्ड-५ सेर्गा निवासी कामी कान्छी शेर्पाज्यूको परिवारबाट रु २५,००० सहयोग प्राप्त भएको छ।

पुण्यवान दानको लागि दाताहरुलाई हार्दिक धन्यबाद

टासी छम्जी शेर्पा- लाक्पा शेर्पा परिवार

अमेरिका न्यू हयाम्सरमा बसोबास गर्नुहुने टासी छम्जी शेर्पाज्यूको स्वर्गीय आमा कामी डोमा शेर्पा (गका कान्छी) स्वर्गीय हुनुभएको भोली तेश्रो बर्ष पुग्दै गर्दा ममतामयी आमाको स्मृतिमा टासी छम्जी शेर्पा- लाक्पा शेर्पा परिवारबाट हाम्रो गुम्बाको संरचना निर्माणमा प्रयोग गर्न भनी रु ५०,००० (पचास हजार रुपैयॅा) सहयोग स्वरुप पठाउनुभएको छ। ऊॅ मणी पद्मे हॅु ह्री

थेक्छेन पेमा छोलिङ गुम्बा परिवार यहॅाको सपरिवारमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछ।

आङ दाली शेर्पा

काठ्माडौ मुलपानी आङ दाली शेर्पाबाट रु ५०,५०० सहयोग 🙏

हाम्रो गुम्बाको माने पुनर्स्थापनाको लागि हाल मुलपानी निवाशी आङ दाली सेर्पा र वहाँको परिवारको तर्फवाट रु ५०,५००/- (रु पचास हजार पॅाच सय ) सधन्यबाद प्राप्त भएको छ।

माने प्रबर्तन सॅगै यहॅामा पुण्य लगातार संचय होस भनी प्रार्थना गर्दछौं !

आमा आङ याङ्डी शेर्पा

हाम्रो गुम्बाका आदरणीय सल्लाहकार तथा बर्तमान गुम्बा ब्यबस्थापन समितिका अध्यक्षको ममतामयी आमा आङ याङ्डी शेर्पाज्यूले गुम्बामा पुनर्स्थापना हुदै गरेको गुम्बा भवन |

परिक्रमा गर्दा भक्तजनहरुले घुमाउने मानेमा अक्षरहरु र बुट्टा राख्ने काम ( मणि लेन्जा)को लागि भनी रु ५०,००० ( पचास हजार रुपैया) सहयोग उपलब्ध गराउनुभयो। यहॅाको पुण्यवान दानले हाम्रो चॅाडै सम्पन्न हुने माने पुनर्स्थापनाको काममा र बॅाकी निर्माणाधिन कामहरुमा उर्जा मिलेको छ ।

हार्दिक धन्यबाद

पाल्देन शेर्पा तथा फुर्वा डोमा शेर्पा दम्पती

श्री पाल्देन शेर्पा तथा फुर्वा डोमा शेर्पा दम्पतीबाट रु १,००,५०५ दान |

सल्लेरी दुध कुन्ड नगरपालिका वडा नम्बर ५ सल्लेरी घर भई हाल न्यूयोर्क बस्नुहुने श्री पाल्देन शेर्पा तथा फुर्वा डोमा शेर्पा दम्पतीबाट स्वर्गीय पिता गोर्चा ङाती शेर्पा र् स्वर्गिय आमा पेम्बा शेर्पाको स्मृतिमा गोन्पाको संरचना निर्माणमा सहयोग हुने गरी गर्नुभएको दान रु १,००,५०५ (एक लाख पॅाच सय पॅच रुपैया) सधन्यवाद प्राप्त भयो ।

पुण्यवान दानको लागि सपरिवारलाई हार्दिक थुचिछे

लाक्पा लामा

लाक्पा लामा (D J. Michael Lama )बाट गोन्पालाई रु ३३,४०५ सहयोग दान |

गोन्पाको ढुंगा दान अभियानमा हातेमालो गर्दै थेक्चेन पेमा छोलिङ गुम्बाको स्थापनाकाल देखि नै धेरै योगदान दिनुभएको स्वर्गिय बुवा आङ् तेन्जी लामाको स्‍मृतिमा हाल न्यूयोर्क-अमेरिका निवासी सोलुदुधकुण्ड नयाबजारका लाक्पा लामाले गोन्पालाई रु ३३,४०५ सहयोग उपलब्ध गराउनुभयो।

यहॅाको परिवारमा अपार पुण्य संचय होस

श्रीमान श्रीमती दोर्जी शेर्पा

सोलुदुधकुण्ड गोली हाल न्यूयोर्क अमेरिका निवासी श्रीमान श्रीमती दोर्जी शेर्पाबाट रु ६६,९४३ ($501) सहयोग दान |

गोन्पाको ढुंगा दान अभियानमा हातेमालो गर्दै हाल न्यूयोर्क-अमेरिका निवासी सोलुदुधकुण्ड गोलीका दोर्जी शेर्पाज्यूले गोन्पालाई रु ६६,९४३ सहयोग उपलब्ध गराउनुभयो।

यहॅाको परिवारमा अपार पुण्य संचय होस

श्रीमान-श्रीमति गेलु शेर्पा

श्रीमान-श्रीमति गेलु शेर्पा (सेर्गा) हाल न्यूयोर्क अमेरिकाबाट 205$ रु २७,९३२ दान सहयोग |

सोलुदुधकुण्ड सल्लेरी सेर्गा घर भई हाल न्यूयोर्क अमेरिका निवासी श्रीमान श्रीमति गेलु शेर्पा दम्पत्तीबाट यस गोन्पाको ढुंगादान अभियानमा सहभागी हुदै रु २७,९३२ ($205) दान सहयोग उपलब्ध गराउनुभयो।

पुण्यवान यस कार्यले यहॅाको परिवारमा अपार पुण्य संचय होस भनी प्रार्थना गर्दछौं।

श्रीमान श्रीमति जम्बु शेर्पा

श्रीमान श्रीमति जम्बु शेर्पा ( फेरा ) NY DJ Jam हाल न्यूयोर्क अमेरिकाबाट रु ३३,४०५ (250$) सहयोग |

सोलुदुधकुण्ड फेरा घर भई हाल न्यूयोर्क अमेरिका निवासी श्रीमान श्रीमति जम्बु शेर्पा दम्पत्तीले यस गोन्पाको ढुंगादान अभियानमा सहभागी हुदै रु ३३,४०५ ($250) दान सहयोग उपलब्ध गराउनुभयो।

यहाको पुण्यवान दानले यहॅाको परिवारमा अपार पुण्य संचय होस भनी प्रार्थना गर्दछौं।

दानपुण्यको लागि बटन क्लिक गर्नुहोस्