सोलुदुधकुण्ड सल्लेरी छुल्यामु लुमुचे घर भई हाल क्यानाडा क्याल्गरि बस्नुहुने यस गुम्बाका सल्लाहकार श्री छिरिङ वाङ्छु शेर्पाज्यु र वहॅाको परिवारबाट गुम्बाको सहयोगार्थ रु १०५,००० ( एक लाख पॅाच हजार रुपैया) दान गर्नुभएको छ । गुम्बाको माने पुनर्स्थापनाको काममा यो रकम प्रयोग हुनेछ र वहॅा लगायत सबै दाताहरुलाई अपार पण्य प्राप्त हुनेछ भन्ने बिश्वास गर्दछौं।
साथै वहॅाले गुम्बाका बिभिन्न संरचना निर्माणमा आवश्यक हुने आर्थिक सहयोग संकलन गर्न सकृय सहयोग गर्नुहुने समेत हामीले अपेक्षा गरेका छौं।