सोलुदुधकुण्ड सल्लेरी हाल मण्डिकाटार बस्नुहुने समाजसेवी ठे. ल्हाक्पा शेर्पाले हाम्रो गुम्बालाई अनबरत सहयोग गर्दै आउनुभएको छ। अब चॅाडै पुनर्निर्माण हुन लागेको गुम्बाको अहिले भएको गेट पनि वहॅा कै सहयोगमा निर्माण भएको थियो ।
अहिले भइरहेका बिभिन्न निर्माण कार्यको लागि सहयोग भन्दै वहॅाको दम्पत्तीबाट रु ५०,००० (पचास हजार रुपैया) प्राप्त भएको छ। गुम्बा परिक्रमा गर्दै घुमाइने मानेको पुनर्स्थापनाको काममा प्रयोग गरिनेछ। वहॅा दम्पत्तीको पुण्यवान कामको लागि ब्यबस्थापन समिति हार्दिक धन्यबाद ज्ञापन गर्दछ।