सोलुखुम्बु सल्लेरीस्थित थेक्छेन पेमा छोलिङ गुम्बामा ध्यान–साधना केन्द्रको शुभारम्भ

12May
Programs, News Thekchhen Pema Chholing Monastery

सोलुखुम्बु, सल्लेरी — शिक्षित र कुशल नेतृत्वको सफल व्यवस्थापनमार्फत सोलुखुम्बु सल्लेरीमा अवस्थित थेक्छेन पेमा छोलिङ  गुम्बा परिसरमा पवित्र सगदवाको पवित्र आवासमा सबै समुदायका लागि उपयोगी ध्यान–साधना जस्तो महत्वपूर्ण तथा बहुउपयोगी कार्यको शुभारम्भ गरिएको छ।

यस कार्यक्रमले समाजमा अध्यात्मिक चेतना अभिवृद्धि गर्ने र मानसिक शान्ति प्राप्तिमा सहयोग पुर्‍याउने विश्वास लिइएको छ। गुम्बाका तर्फबाट जानकारी गराइएअनुसार, ध्यान–साधना केन्द्र सबै वर्ग र समुदायका लागि खुला रहनेछ।

यस कार्यको शुभारम्भप्रति हार्दिक शुभकामना व्यक्त गर्दै आयोजकले यसलाई दीर्घकालसम्म स्थायी रहोस् र सम्पूर्ण प्राणी जगतको कल्याण होस् भन्ने कामना समेत गरेका छन्।

Click the button for Donation