हिमालयन आर्ट सिम्पोजियम

himalayan art symposium
8अप्रिल
आगामी कार्यक्रम, समाचार थेक्छेन पेमा छोलिङ गुम्बा

प्रज्ञाको सम्मान, विरासतको उत्सव, पुस्ताहरूको प्रेरणा

न्यूयोर्क, अमेरिका स्थित रुबिन म्युजियम अफ हिमालयन आर्ट्स संगको सहकार्यमा थेङछेन पेमा छोएलिङ गुम्बा ले हिमालयन आर्ट सिम्पोजियम २०२५ आयोजना गर्नेछ। यो अभियान लोपोन्मुख परम्परागत हिमालयन कलाको संरक्षण, प्रवर्द्धन, र पुनर्जागरणको लागि समर्पित छ। यस सिम्पोजियमले कलाकार, विद्वान, र कला अनुरागीहरूलाई हिमालय क्षेत्रको समृद्ध कलात्मक सम्पदाको अन्वेषण गर्ने एक महत्वपूर्ण मञ्च प्रदान गर्दछ।

मुख्य विशेषताहरू:

  • “Himalayan Canvas Chronicles” – आयोजकद्वारा चयन गरिएका १५ जना प्रमुख जीवित हिमालयन सम्पदा कलाकारहरूको योगदान र कथाहरू झल्काउने विशेष छोटो भिडियो श्रृंखला उत्पादन। यी भिडियोहरू सामाजिक सञ्जाल तथा अन्य सञ्चार माध्यमबाट प्रचार गरिनेछ।
  • “A documentary of an Adept on Himalayan Art: Au Leshi”: हिमालयन कला विज्ञ औलेशीको वृत्तचित्र निर्माण गरी सिम्पोजियमको दौरान सार्वजनिक गरिनेछ।
  • युवा कला प्रतियोगिता (मे ११, २०२५) – चर्चित समकालीन कलाकार श्री उमेश श्रेष्ठ तथा काठमाडौं विश्वविद्यालयको स्कूल अफ आर्ट्सका स्नातकहरूद्वारा युवा कला प्रतियोगिताको समन्वय गरिनेछ।
  • दैनिक कला प्रदर्शनीहरू – पारम्परिक ठान्का चित्रकला, भित्ते चित्र, मूर्तिकला, बौद्ध गुम्बाका हस्तकला, तथा युवा कला प्रतियोगिताका कलाहरू प्रदर्शित गरिनेछ।
  • कार्यशाला र अन्तर्क्रिया सत्रहरू –हिमालयन कलाकारहरूको सिर्जनाहरू तथा हिमालयन कलासँग सम्बन्धित विषयहरूमा विशेष छलफलहरू गरिनेछ।
  • गुम्बाको निर्देशित भ्रमण – सहभागीहरूलाई गुम्बाको सांस्कृतिक तथा कलात्मक महत्वको गहिराइमा पुग्न काठमाडौं विश्वविद्यालय स्कूल अफ आर्ट्सका विद्वानहरूद्वारा निर्देशित भ्रमण गराइनेछ।

यस सात दिने कार्यक्रमले परम्परागत हिमालयन कलाको संरक्षण, कलात्मक आदानप्रदान, तथा आगामी पुस्ताका कलाकारहरूलाई शिक्षामूलक कार्यक्रमहरू मार्फत प्रेरित गर्ने लक्ष्य राख्दछ।

थप जानकारीका लागि  फोन: ९८५१०६७९९७

सहभागिता र प्रायोजनका लागि खुल्ला आह्वान

यो ऐतिहासिक कार्यक्रममा थेङछेन पेमा छोएलिङ गुम्बा ले सांस्कृतिक अनुरागीहरू, विद्वानहरू, तथा प्रायोजकहरूलाई हिमालयन कलाको यस रुपान्तरणकारी यात्रामा सहभागी हुन आमन्त्रण गर्दछ।

यस अवसरमा सामुदायिक विकास तथा सांस्कृतिक संरक्षणमा योगदान पुर्याउने साथै आफ्नो पहिचान र प्रभावकारिता वृद्धि गर्ने अवसरहरू उपलब्ध छन्

सहभागिता, प्रायोजन, तथा मिडिया सम्पर्कका लागि

थेङछेन पेमा छोएलिङ गुम्बा

सल्लेरी, वार्ड नं. ५, सोलुदुधकुण्ड नगरपालिका, सोलुखुम्बु, कोशी, नेपाल
Email: tathagatasolu@gmail.com
Website: pema.org.np
फोन: +९७७-९८४९४४१२३५, ९८५१०६७९९७

हिमालयको मुटुमा, गति, कला, र आध्यात्मिकताको उत्सवमा हामीसँग सहभागी हुनुहोस्! 🎨🙏

दानपुण्यको लागि बटन क्लिक गर्नुहोस्