सगदावा रनिङ फेस्टिभलको शुभारम्भ

RUNNING
12मे
कार्यक्रम, समाचार थेक्छेन पेमा छोलिङ गुम्बा

सोलुखुम्बु, सल्लेरी – सोलुखुम्बु सल्लेरीस्थित थेक्छेन पेमाछोलिङ गुम्बामा आजबाट सगदावा रनिङ फेस्टिभलको औपचारिक सुरुआत गरिएको छ । पवित्र सगदावा महिनाको आरम्भसँगै सुरु गरिएको यो विशेष कार्यक्रम ध्यान, शान्ति र स्वास्थ्यलाई केन्द्रमा राखेर आयोजना गरिएको हो ।

पहिलो दिनको कार्यक्रम पूजापाठ, मन्त्रपाठ र ध्यान–साधनासँगै शुभकामना आदान–प्रदान गर्दै प्रारम्भ भएको थियो । त्यसपछि सामूहिक दौडको आयोजना गरिएको थियो, जसमा विभिन्न उमेर समूहका व्यक्तिहरूले उत्साहपूर्वक सहभागिता जनाए ।

कार्यक्रमले सम्पूर्ण समुदायलाई शारीरिक तथा मानसिक रुपमा सबल बनाउँदै सगदावाको मूल्य– करुणा, दया र परोपकारलाई व्यवहारमा उतार्ने उद्देश्य राखेको छ । आयोजकहरूले यस पवित्र प्रयासको दीर्घकालीन स्थायित्वको कामना गर्दै सम्पूर्ण प्राणीहरूको हितको लागि यो पहल समर्पित भएको बताएका छन् ।

दानपुण्यको लागि बटन क्लिक गर्नुहोस्