सोलुखुम्बु, सल्लेरी – प्रथम अन्तरराष्ट्रिय सागादावा रनिङ फेस्टिबल अन्तर्गत २१ किमिको दौडमा सहभागी भएका धावकहरूलाई चिओड गोन्पामा स्नेह, सम्मानका साथ स्वागत गरिएको छ।
धावकहरूको उत्साह र साधनालाई आत्मसात् गर्दै आचार्य ङवाङ सेम्फेन, गोन्पाका स्वयंसेवक भिक्षुहरू तथा आयोजक टोलीका आदरणीय सल्लाहकार जाम्लिङ लामाज्यूको विशेष सक्रियतामा सहभागीहरूलाई पानी, खानेकुरा तथा विश्रामको व्यवस्था गरिएको थियो।
धार्मिक वातावरण, समुदायको आत्मीयता र सुसंस्कृत व्यवस्थापनले कार्यक्रमलाई थप ऊर्जाशील बनाएको सहभागीहरूको प्रतिक्रिया रहेको छ। यस सेवामूलक कार्यप्रति आयोजक गुम्बाको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गरिएको छ।
“सहयोग, सेवा र समर्पणमार्फत सगदावा रनिङ फेस्टिबललाई सफल बनाउन योगदान दिनुहुने सबैमा आयोजक गुम्बाको तर्फबाट धन्यवाद!”
नमो बुद्धाय 🙏