आचार्य अतिश दिपंकरका अति गंभिर उपदेश – ६

बौद्ध चौतारी १७५

आचार्य अतिश दिपंकरका अति गंभिर उपदेश – ६

अनि आचार्य भन्नुहुन्छ:

८) जसले हृदयदेखिनै “धर्म” अनुसार व्यवहार गर्दछन्, खाना र लुगा स्वभाविक रुपमै उपलब्ध हुनेछन् – यहिनै धर्म नियाम हो।

९) तृष्णालाई कहिल्यै तृप्त गर्न सकिन्न किनकी यो नुन पानी पिएको जस्तै हो – [जति पियो त्यति तिर्खा लाग्दछ] । तसर्थ [जे जस्तो छ त्यसैमा] सन्तुष्ट हुनु।

व्याख्या: भगवान बुद्धले बारंबार भनेकै कुरा हो कि सद्धर्म अभ्यास गर्नेलाई आर्थिक समस्या हुन्न। धर्म अनुसार गर्नु भनेको शिल आदि पालना गर्नु हो, जुन सांसारिक सु:ख र अन्त्यमा मोक्षको हेतु हो। यो कर्मको नियम अनुसारै भएकोले आचार्यले “यहिनै धर्म नियाम हो” भन्न खोज्नु भएको देखिन्छ। त्यसैले राम्रो बौद्ध धर्मको अभ्यासिहरुलाई खाना लाउनको समस्या सामान्यत: विरलै देखिन्छ। कर्मको नियम अनुसार कुशलको परिणाम सुख-शान्ति, धनधान्यनै हुन्छ।

त्यस्तै तृष्णाको स्वभावै हो कि यो कहिल्यै तृप्त हुन्न। जसरी नुन पानी खाएर झन तिर्खा लाग्दछ, जसरी लुतो कन्याएर झन कन्याउन मन लाग्दछ, त्यसरिनै तृष्णालाई पछ्याएर मानिस झन बढि संसारमा जकडिन्छ। त्यसैले जे जस्तो स्थिती, अवस्था छ, त्यसैमा संतुष्ट हुनुमै कल्याण हो भनेर आचार्यले भन्न खोज्नु भएको देखिन्छ। त्यसको अर्थ कुनै विकाश वा प्रगती नगर्नु भन्ने होइन तर तृष्णाको प्रकृति बुझेर त्यही अनुरुप चाहिने भन्दा बढि कुनै कुरामा बढी नअल्खनुनै राम्रो हो भनेर बुझ्दा उत्तम हुन्छ।

भवतु सर्वमंगलम्

Click the button for Donation