आचार्य अतिश दिपंकरका अति गंभिर उपदेश भाग -३

बौद्ध चौतारी – १७२

आचार्य अतिश दिपंकरका अति गंभिर उपदेश भाग -३

५) जबसम्म मनको स्थिरता प्राप्त गरिन्न, तबसम्म जीवनका हल्लाखल्लाबाट टाढा प्राकृतिक, एकान्त वासस्थानमा रहनु पर्दछ।

६) अकुशल/क्लेश बढाउने मित्रता/साथिसंगीको संगतबाट टाढा रहनु पर्दछ भने कुशल/पुण्य बढाउने सहयोगिहरुलाई आफ्नो हृदयमा राख्नु पर्दछ।

व्याख्या: पुन: कतिपयलाई महायान भनेको मनलाई गंभिर तालिम दिने व्यवस्था होइन, पुजाआजा हो भन्ने भान परेको देखिन्छ। तर आचार्य आतिश जस्तै महायानका सबै बौद्ध आचार्यहरु ध्यानलाईनै प्रधानता दिने र त्यस्को लागि एकान्तबासको आदि जोडदार वकालत गर्ने गरेको हामी शास्त्रमा पाउँदछौ।

त्यसै शिलशिलामा आचार्य अतिशले मनको स्थिरता भन्दा दुई कुरालाई इङित गर्न खोज्नु भएको देखिन्छ: समथ ध्यानको अभ्यास गरिएमा पंच निवरणहरु दबिन गएर मन अत्यन्त शान्त हुन्छ भने विपश्यना मार्फत गरिएको क्लेश प्रहाणले मन झन सदाकालका लागी शान्त हुन्छ। स्मरण रहोस्, मन अशान्त पार्ने मुख्य कारक तत्त्वहरुनै पाँच निवरणहरु, क्लेशहरु हुन्।

त्यस्तै नौसिकारु अवस्थमा आफ्ना क्लेशहरुलाई सम्हाल्न गार्हो हुने भएकोले कुशल/पुण्य बढ्ने संगत गर्न, एकान्तबासमा रहन सल्लाह दिएको प्रष्ट हुन्छ। तर महायानका बोधिसत्त्वहरुले सधैं एकान्तमा बस्न मिल्दैन किनकी सत्त्व हितको लागि समाजमा आएर उनिहरुको सेवा गर्नु पर्ने भएकोले यो तालिमको अवधिमा दिइएको उपदेश मात्र हो।

यसरी फेरिपनी उपदेशको शुरुवातमै मनलाई तालिम दिन शिल र समाधिमै आचार्यले जोड दिनु भएको हामी देख्दछौ।

भवतु सर्वमंगलम्

दानपुण्यको लागि बटन क्लिक गर्नुहोस्