आचार्य अतिश दिपंकरका अति गंभिर उपदेश: भाग – ९

बौद्ध चौतारी २०४

आचार्य अतिश दिपंकरका अति गंभिर उपदेश: भाग – ९

अब आउने भागहरुमा आचार्य पुण्य संभारमा जोड दिंदै निम्न बुँदाहरु भन्नुहुन्छ:-

१) अब आउने जन्महरुको लागि लामो समयसम्म टिक्ने रसद-सामाग्रीको जोहो (संग्रह/संकलन) गर्नुपर्दछ; जुन बहुमुल्य गहनाहरु खजानामा परिणत होस्। (पुण्यलाई प्राय यसरीनै प्रस्तुत गरिन्छ, थप जान्कारीको लागि व्याख्या हेर्नुहोस्)

२) मृत्युपछी सबैनै यहाँनै छोडेर जानू पर्ने भएकोले सबै कृयाकलापहरुबाट टाढा रहनुहोस् र कुनै कुरा प्रती आशक्ती नगर्नुहोस्।

व्याख्या: यी दुई बुँदाहरु हेर्दा एक आपसमा विरोधाभासपुर्ण भएको जस्तो लाग्न सक्दछ तर आचार्य अतिश यहाँ दुई फरक कुराहरुको बारेमा उपदेश दिंदै हुनुहुन्छ: एक जुन कहिल्यै नाश नहुने संपत्ति हो भने अर्को कुनै पनि बेला नाश हुने प्रकृतिको संपत्ती।

महायानको मार्गमा दुई कुराको कुराको संकलन/संचय गर्नु पर्दछ: पुण्य र ज्ञान। यी दुई चराका दुई पखेटा जस्तै हुन्, एकको पनि अभावमा जसरी चरा गन्तव्यमा पुग्न सक्दैन, त्यसैगरी एक बिधिसत्त्व यी दुई विना बुद्ध बन्न सक्दैनन्।

माथिको पहिलो बुँदामा आचार्य त्यही कहिल्यै नाश नहुने पुण्य संचय गर्न जोड दिनुहुन्छ। बौद्ध धर्ममा धेरै किसिमका कुशलमुल, पुण्य संचयहरुको कुरा गरिएको छ। हिंसा नगर्ने, झुठो नबोल्ने आदि शिल पालन गर्दाखेरिनै अपार पुण्य संकलन हुन जान्छ। तर ति धेरै जिवनकालका लागि भने आफ्नो मनमा रहन्नन्। केही जन्महरुमा सिद्धिन्छन्। त्यसैले यस्तो पुण्य संचय गर्नु पर्दछ जुन कहिल्यै नाश नहोस्! त्यो के हो त? त्यस्तो पुण्य भनेको बोधिचित्त हो, अर्थात सारा प्राणिहरुको हितको लागि बुद्ध बन्दछु भन्ने संकल्प। जब कसैले बोधिचित्त उत्पाद गर्दछ भने त्यो बोधी प्राप्त नगरुन्जेलसम्म नाश हुन्न भनिन्छ। त्यसैले आचार्यले “लामो समय टिक्ने संकलन” भनेर संकेत गर्नुभएको हो। भनिन्छ कि यो बोधिचित्त भनेको चिन्तामणी जस्तै हो, एक होइन बोधी प्राप्त नगरुन्जेलसम्मका असंख्य जनममा पनि यसले फल दिईरहन्छ। त्यसैले “गहनालाई खजाना बनाउने” भनेर भनेर उहाँले बोधिचित्तको कुरा राख्नु भएको देखिन्छ भने अर्को तिर महायानमा यसरी आर्जन गरिएको पुण्यलाई पनि परिणामना गर्ने, अर्थात सबै प्राणिको हितको लागि आफुले सचय गरेको पुण्य पनि दिने प्रकृयालाई इन्कित गर्दै हुनुहुन्छ। भनिन्छ कि यसरी परिणामन गरिएको पुण्य कहिल्यै नाश हुन्न र यो बढ्दै जान्छ।

तर त्यतिनै क्षण आचार्य दोस्रो बुँदामा हामीलाई सावधान गराउनु हुन्छ। उहाँ भन्नुहुन्छ कि जुन भौतिक सर-संपत्ती-गहना हामीले यो जन्ममा जम्मा गरेका छौं त्यो भने कुनैपनी बेला चोर, शत्रु, सरकार, अग्नि, पानी आदिले नाश हुन सक्दछ भने तिन्को धेरै समय उपभोग नगरी हामिनै कुनैपनी क्षण मर्न सक्दछौ। त्यसैले त्यस्ता कृयाकलापमा समय फाल्नु मुर्खता हो जुन अर्को जन्ममा लिएर जान सकिन्न। पहिलो बुँदामा भनिएको खजाना लिएर जान सकिन्छ तर भौतिक सरसंपत्ती यहांनै छोडेर जानु पर्ने हुन्छ। त्यसिले यिनलाई संचय गर्ने कृयाकलापमा पनि धेरै संलग्न नहुने र यी प्रती धेरै आशक्ती पनि नराख्न आचार्य जोड दिनुहुन्छ।

भवतु सर्वमंगलम्

दानपुण्यको लागि बटन क्लिक गर्नुहोस्